पोखरा, वैशाख २४ गते बुधबार, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा लैङ्गीक हिंसा बिरुद्ध सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीको लागि गरिएको उक्त कार्यक्रममा क्याम्पस प्रमुख धर्मराज बरालले विकसित देशहरुमा बालबालिकाहरु सचेत भइ आफु हिंसामा परेका अवस्थामा आफै जागरुक भई आवाज उठाउने परिपाठीको विकास भएको बताउनु भएको थियो । क्याम्पसमा गुनासो सुनुवाई सेल भएतापनि कानूनी रुपमै सचेत गराउनका लागि आजको कार्यक्रमको उद्देश्य रहेको बताउनु भएको थियो ।
कार्यक्रमका सहजकर्ता अधिवक्ता जुनाकुमारी गुरुङले कानूनी सचेतना र कार्यस्थलमा हुने यौन हिंसा सम्बन्धी विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो । उहाँले हिंसामा परेकाहरुले कानूनी उपचार खोजेमा न्याय पाउने सक्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रमको सञ्चालन इ.ओ.सि. संयोजक दुर्गानाथ पौडेलले गर्नुभएको थियो भने कार्यक्रममा करिव एकसय पचाँस जना विद्यार्थी तथा शिक्षकहरुको सहभागीता रहेको थियो ।