पोखरा, माघ ३०, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरामा अनुसन्धानात्मक कार्यपत्रको प्रस्तुती भएको छ । सिनियर शिक्षक श्री मनोरन्ज शर्माको संयोजकत्वमा भएको कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख श्री मोहन भण्डारीद्वारा लिखित Green Finance Practices by Nepalese Commercial Banks: Fostering Sustainable Development in Nepal र शिक्षक श्री प्रकाशचन्द्र गीरिद्वारा लिखित Lessons Learned from Teaching English through Facebook Live for Future कार्यपत्र माथि छलफल भएको थियो । त्यसै गरी यो कार्यक्रमको संस्करणहरु मासिक रुपमा सञ्चालन हुदै जाने कुरा अनुसन्धान व्यवस्थापन प्रमुख मोहन भण्डारीले बताउनु भएको थियो ।
कार्यक्रमका संयोजक शर्माले यस्ता कार्यक्रमले ज्ञानको विस्तार गर्ने, शिक्षक तथा विद्यार्थीहरुलाई खोजमुलक ज्ञान हासिल गर्न मद्दत पुग्ने कुरा व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रस्तुत भएका कार्यपत्र माथि सहभागी शिक्षक तथा विद्यार्थीहरुको जिज्ञासा माथि लेखकहरुले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन आइ.क्यू.ए.सी. प्रमुख राजकुमार सुवेदीले गर्नुभएको थियो ।