पोखरा माघ १७, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको आयोजना तथा आदिकवि भानुभक्त क्याम्पस, तनहु र कन्या क्याम्पस पोखराको सह–आयोजनामा दुई दिवसिय Pre-Conference Workshop on Panel Data Analysis कार्यक्रम शुरु भएको छ ।

माघ १९ र २० गते हुनगइरहेको International Conference on Operations Research: Environment, Society & Governance को पूर्वसन्ध्यामा उक्त कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री श्रीराम सुवेदीले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने कार्यक्रममा विशिष्ट अतिथिका रुपमा लाल बहादुर शास्त्री इन्स्टिच्युट अफ म्यानेजमेन्ट, दिल्लीका प्रोफेसर सि.पी गुप्ता, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष श्री लछुमण बास्तोला, कन्या क्याम्पस पोखराका क्याम्पस प्रमुख श्री सुरेश मानन्धर रहनु भएको थियो । मन्तव्य प्रस्तुत गदै श्री श्रीराम सुवेदीले यस्ता अनुसन्धानात्मक कार्यक्रमहरुले शिक्षकहरुको क्षमता अभिवृद्धि तथा अनुसन्धानात्मक लेख लेखन प्रति अभिरुचि बढाउने कुरामा जोड दिनुभयो ।

क्याम्पस प्रमुख धर्मराज बरालले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा कन्या क्याम्पस पोखराका क्याम्पस सञ्चालक समिति अध्यक्ष श्री शिवलाल मल्लले शुभकामना मन्तव्य राख्नु भएको थियो ORSN का कार्यकारी सदस्य देविलाल शर्माले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो भने आदिकवि भानुभक्त क्याम्पस तनहुका अनुसन्धान व्यवस्थापन समितिका प्रमुख श्री सागर पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख श्री मोहन भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका शिक्षक श्री मनोरन्ज शर्माले गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो तथा कार्यशाला सत्रको सहजिकरण प्राध्यापक सि.पी गुप्ताले गर्नुभएको थियो ।