पोखरामा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको अवलोकन भ्रमण सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगबाट क्यू.ए.ए. प्राप्त क्याम्पसहरुको भ्रमणमा क्याम्पसको तर्फबाट क्याम्पस सञ्चालक समिति, सल्लाहकार समिति, शिक्षक तथा कर्मचारी र प्रमुख संरक्षक संस्थाका प्रतिनिधि सहभागी रहेको भ्रमण चार दिन भएको थियो ।

भ्रमणका क्रममा लुम्बिनी बाणिज्य क्याम्पस, बुटवल, शहिद नारायणप्रसाद पोख्रेल रामापुर, कपिलवस्तु, घोडाघोडी बहुमुखी क्याम्पस कैलाली र महाकवी देवकोटा बहुमुखी क्याम्पस रुपन्देहिमा भएको थियो । कार्यक्रममा क्याम्पस सञ्चालनका प्रक्रिया, क्यू.ए.ए. प्राप्ती पछिका परिवर्तनहरु, नीति नियम, अनुसन्धान प्रक्रियाका विधिहरु, क्याम्पस सञ्चालनका अनुभवहरु ऋादान–प्रदान, सामुदायिक क्याम्पसका चुनौती तथा अवसरहरुका बारेमा अन्तरक्रिया भएको थियो ।


लुम्बिनी बाणिज्य क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्याय, शहिद नारायणप्रसाद पोख्रेल रामापुर क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख हेमबहादुर थापा, घोडाघोडी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पुष्पराज जोशि र महाकवी देवकोटा बहुमुखी क्याम्पसका अध्यक्ष कृष्णप्रसाद लामिछाने र क्याम्पस प्रमुख नारायणप्रसाद ढकालले आफ्ना क्याम्पस गतिविधिहरु राख्नु भएको थियो ।

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको तर्फबाट सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदी, उपाध्यक्ष ऋतुनाथ लम्साल, कोषाध्यक्ष युवराज लामिछाने (युवक), निर्वमान अध्यक्ष प्रा.डा. टंकराज अधिकारी, गूप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लछुमण वास्तोला, क्याम्पस प्रमुख धर्मराज बराल, सहायक क्याम्पस प्रमुख तथा अनुसन्धान विभाग प्रमुख मोहन भण्डारी र आ.क्यू.एसी. प्रमुख राजकुमार सुवेदीले क्याम्पस तथा विभागका गतिविधि सम्बन्धी जानकारी राख्नु भएको थियो ।

२०८१ माघ ६ गतेदेखि सुरु भएको चार दिने उक्त भ्रमण कार्यक्रममा गुप्तेश्वर महादेव बहुमुखी क्याम्सविच घोडाघोडी क्याम्पस र महाकवी देवकोटा क्याम्पससँग सहकार्य गर्ने सम्झौता भएको थियो ।