पोखरा, पुष २२, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
सोमबार भएको उक्त कार्यक्रममा प्रथम वी.वी.एस. प्रथमवर्षको समुह पवन ढकाल, सक्षम परियार, योगेस बराल, विपिशा पौडेल भएका थिए भने द्वितीय वी.वी.एस. चौथो वर्षको समुह रेखा कुँवर, शोभा वली पुष्प चौलागाइ, पार्वती लामिछाने त्यसै गरी तृतीय वि.एड् प्रथम वर्षको समुह अषिा क्षेत्री, मनिषा नेपाली, रेक्सोना खनाल, सदिक्षा अधिकारी र सान्त्वना वी.वी.एस. प्रमथ वर्षको अर्को समुह अनिष क्षेत्री, प्राञ्जल पौडेल, वसन्त क्षेत्री, गरीमा न्यौपानेको समुह भएको छ ।
कार्यक्रम सञ्चालन दुर्गानाथ पौडेल र गुप्तबहादुर क्षेत्रीले गर्नुभएको थियो । उक्त प्रतियोगितामा जम्मा १२ समुह सहभागी भएका थिए । कार्यक्रमको संयोजन गुप्तबहादुर क्षेत्री, आशिष पौडेल र सञ्जय पौडेल गर्नुभएको थियो ।