पोखरा, १७ पुष । पोखरामा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी विच सार्वजनिक वाक् कला प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा सहायक क्याम्पस प्रमुख मोहन भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँले सार्वजनिक कार्यक्रममा राखिने मन्तव्य उत्कृष्ट बनाउन सकेको खण्डमा आफ्नो व्यक्तित्वमा सकारात्मक प्रभाव पार्ने कुरा बताउनु भएको थियो । कार्यक्रम इ.ओ.सी. संयोजक दुर्गानाथ पौडेलको अध्यक्षतामा भएको थियो ।

उक्त कार्यक्रममा प्रथम सगुन परियार, द्वितिय कुशल परियार र सौरभ गीरि भए भने तृतीय सदिक्षा अधिकारी भएका थिए । कार्यक्रममा निर्णायक मण्डल तर्फ शिक्षकत्रय मनोरन्ज शर्मा, जमुना अर्याल र प्रकाशचन्द्र गीरि रहनु भएको थियो भने कार्यक्रममा स्वागत् मन्तव्य सहायक क्याम्पस प्रमुख रामजीप्रसाद पौडेलले गर्नुभएको कार्यक्रमको सञ्चालन योगराज शर्माले गर्नुभएको थियो ।