पोखरा, पुष ०९, पोखरा–१७ मा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र भोपाल स्कूल अफ सोसल साइन्स, मध्ये प्रदेश भारत विच मङ्गलबार सहकार्यका लागि सम्झौता भएको छ ।
क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष श्री युवराज लामिछाने (युवक) को प्रमुख आतिथ्यता भएको कार्यक्रममा उहाँले दुवै संस्थाको सहकार्यले अनुभव आदनप्रदान हुँदा कार्यमा निखार आउने कुरा राख्नु भएको थियो । गुणस्तरीय शिक्षाको लागि यो सहकार्य उपयुक्त रहेको बताउनु भएको थियो ।

दुवै शैक्षिक संस्था विच अनुन्धान कार्य, शैक्षिक गतिविधि विच अनुभव आदन प्रदान गर्नका लागि सहकार्य गरिएको थियो । उक्त सम्झौता पत्रमा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख श्री धर्मराज बराल र भोपाल स्कूल अफ सोसल साइन्सको तर्फबाट प्रिन्सिपल डा. एफ.आर.जोहनले हस्ताक्षर गर्नुभएको थियो ।
कार्यक्रममा भोपाल स्कूल अफ सोसल साइन्सको तर्फबाट डा. विशाल सिंह सेग्नरको उपस्थिति रहेको थियो ।

क्याम्पस प्रमुख धर्मराज बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख मोहन भण्डारीले गर्नुभएको थियो ।