पोखरा ८, सोमबार । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी विच सोमबार गजल तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस प्रमुख धर्मराज बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्फुटल गराउने थलो क्याम्पसले सधै उपलब्ध गराउने बताउनु भएको थियो । शिक्षाका साथै विद्यार्थीले अतिरिक्त क्रियाकलापमा भाग लिएर आफ्ना क्षमताहरु प्रदर्शन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
कविता वाचन कार्यक्रममा प्रथम कुशल परीयार, द्वितीय सगुन परीयार, तृतीय मञ्जु नेपाली र सान्त्वना सागर अधिकारी भएका थिए भने गजलवाचन कार्यक्रममा प्रथम स्मृति थापा, द्वितीय सौरभ गीरि, तृतीय दिप्ती परियार र सान्त्वना प्रवेश ढकाल भएका थिए । कार्यक्रममा निर्णायकको भूमिकामा शिक्षकत्रय मनोरन्ज शर्मा, जमुना अर्याल र विद्या रेग्मी रहनु भएको थियो ।
कार्यक्रम इ.ओ.सी. संयोजक दुर्गानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक गुप्तबहादुर क्षेत्रीले स्वागत् मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन योगराज शर्माले गर्नुभएको थियो ।