पोखरा, असार ३ गते, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा ‘संघर्ष, उद्यमशिलता र सफलता एक अनुभव’ विषयक कार्यक्रम सम्पन्न भएको छ । उद्योग व्यवासायी, सामाजिक तथा धार्मिक व्यक्तित्व चन्द्रकान्त बरालले प्रमुख वक्ताका रुपमा सफलता हात पार्न गर्नुपर्ने संघर्षका अनुभव बारे चर्चा गर्नुभएको थियो ।
उहाँले धैर्यता, लगनशिलता, मेहनत, इमान्दारीताले जिवनका सफलताका दायरा फराकिलो बनाउने विषय राख्नु भएको थियो । उहाँले आफ्नो जिवनमा भोग्नुभएका संघर्ष, चुनौती, अप्ठेरा पछिका सफलताको अनुभव वताउनु भएको थियो ।
क्याम्पस प्रमुख धर्मराज बरालले उद्यमशिल कसरी बन्ने र त्यसका चुनौतीबारे ज्ञान बाड्ने प्रयोजनले कार्यक्रमको आयोजना गरिएको बताउनु भएको थियो । उहाँले संघर्ष विना सफलता हात पार्न नसकिने कुरामा जोड दिनुभएको थियो । कार्यक्रम इ.ओ.सी. प्रमुख दुर्गानाथ पौडेलले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा करीव १५० जना विद्यार्थीको सहभागीता रहेको थियो ।