पोखरा, वैशाख ११ गते । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीको लागि दुई दिवसिय Digitalization दोस्रो चरणको तालिम प्रारम्भ भएको छ । विश्वविद्यालय अनुदान आयोगको NEHEP अन्तगर्तको उक्त Digitalization तालिम कार्यक्रमका प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले शिक्षक तथा कर्मचारीको क्षमता अभिवृद्धि कार्यक्रमले क्याम्पसका क्रियाकपालमा गुणस्तर ल्याउने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख धर्मराज बरालले गर्नुभएको थियो उहाँले शिक्षक तथा कर्मचारीहरुको लागि दक्षता अभिवृद्धि गर्नका लागि यस्ता तालिमहरु सञ्चालन गर्दै जाने कुरा राख्नु भएको थियो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. बेदप्रकाश ढकालले सहजीकरण गर्नुभएको थियो ।
सहायक क्याम्पस प्रमुख मोहन भण्डारीले स्वागत् मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन वी.आइ.एम. संयोजक सुरेशकुमार बरालले गर्नुभएको थियो भने कार्यक्रममा करिब ४० जना शिक्षक तथा कर्मचारीको सहभागीता रहेको थियो ।