मंसिर ५ गते बुधबार हिमालय समर्पण ध्यानयोग नेपालको आयोजनामा क्याम्पसमा अध्ययनरत विद्यार्थीको लागि एक दिवसीय ध्यानयोग कार्यक्रम सम्पन्न भएको छ । यहि मंसिर १५ गते पोखरा रंगशालामा हुन गइरहेको बृहत ध्यानयोग शिविरलाई लक्षित गर्दै विद्यार्थीहरुको लागि जानकारी मुलक कार्यक्रम सम्पन्न भएको छ ।

 

सो कार्यक्रममा संस्थाका दुर्गाप्रसाद रेग्मीले बृहत ध्यानयोगका बारेमा प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रमको संयोजन क्याम्पसका EOC संयोजक दुर्गानाथ पौडेलले गर्नुभएको थियो भने क्याम्पसमा बि.बि.एस. तथा बि.एड.मा अध्ययनरत बिद्यार्थीहरु सहभागी भएका थिए ।