पोखरा, असोज ८, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा चेक गणतन्त्रको चेक विश्वविद्यालयका शिक्षक तथा विद्यार्थी र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका शिक्षक तथा विद्यार्थी विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले यस्ता अनुभव आदान–प्रदानले दुबै पक्षलाई फलदायी हुने कुरा बताउँनु भएको थियो । दुवै देशका विद्यार्थीको अन्तरक्रियाले हामीले पनी नयाँ विषयवस्तु थप सिक्न पाएको कुरा उहाँले राख्नु भएको थियो ।

चेक विश्वविद्यालयका डीन सिल्वी कातोस्कोवाले आफ्नो विश्वविद्यालयमा दश हजार विद्यार्थी अध्ययनरत रहेको र उक्त विद्यार्थी मध्ये नेपालका करिब ५० विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी गराउँनु भएको थियो । उहाँले चेक विश्वविद्यालय युरोपककै उत्कृष्ट विश्वविद्यालय भएको दावी गर्नुभएको थियो । अर्थशास्त्र र सामाजिक विज्ञान विषयका लागि चेक विश्वविद्यालय सबै भन्दा राम्रो विश्वविद्यालय भएको बताउनु भएको थियो ।


कार्यक्रममा स्वागत् मन्तव्य राख्दै गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मराज बरालले हामीले विदेशी विश्वविद्यालयका अनुभवहरु श्रवण गर्न पाउँदा नयाँ नयाँ विषयको ज्ञान प्राप्त भएको बताउनु भएको थियो ।

शिक्षक दुर्गानाथ पौडेलले कार्यक्रममा दुबै क्याम्पसका विद्यार्थी विच अन्तरक्रियाको सहजीकरण गर्नुभएको थियो । विद्यार्थीहरुले संंस्कृति, शिक्षा प्रणाली, ए.आइ. र सामाजिक सञ्जालको प्रयोग, पर्यटकिय गन्तव्य लगायतका विषयमा फरक–फरक समुह बनाएर आफ्ना निष्कर्ष प्रस्तुत गरेका थिए ।

क्याम्पसका सहायक क्याम्पस प्रमुख मोहन भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा आइ.क्यू.ए.सी. प्रमुख राजकुमार सुवेदीले कार्यक्रमको सञ्चालन गर्दै क्याम्पसका गतिविधि समेत प्रस्तुत गर्नुभएको थियो ।