पोखरा, फागुण २८, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा तीन दिवसीय प्रतिवेदन लेखन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वी.वी.एस. चौथो वर्षका विद्यार्थीहरुलाई प्रोजेक्ट रिपोर्ट तयार गर्न सहज होस् भन्ने हेतुले आयोजना गरिएको कार्यक्रमको अध्यक्षता वी.वी.एस. कार्यक्रम प्रमुख दुर्गानाथ पौडेलले गर्नुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा क्याम्पस प्रमुख धर्मराज बराल रहनुभएको थियो भने सहायक क्याम्पस प्रमुख मोहन भण्डारी, आइ.क्यू.ए.सी. प्रमुख राजकुमार सुवेदी र शिक्षक सुरेन्द्र कार्कीले सहजीकरण गर्नुभएको थियो । करिब ५० जना विद्यार्थीको सहभागीता रहेको कार्यक्रमको सञ्चालन शिक्षक गुप्तबहादुर क्षत्रीले गर्नुभएको थियो ।