गुप्तेश्वर क्याम्पसमा अनुसन्धान मुलक अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

पोखरामा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा असार २१ र २२ गते अन्तराष्ट्रिय सम्मेलन कार्यक्रम सम्पन्न गरेको छ । ‘दिगो व्यापार र व्यवस्थापन’ विषयमा सञ्चालन भएको उक्त सम्मेलनमा स्वदेशी तथा विभिन्न विदेशी विश्वविद्यालय सहित चार विश्वविद्यालयको प्रतिनिधित्व रहेको थियो । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा भएको उक्त कार्यक्रमको आयोजक गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस रहेको थियो भने आदिकवी भानुभक्त क्याम्पस, तनहुँ र सिनावत्र विश्वविद्यालय, थाइल्याण्ड सहकार्यको भूमिकामा रहेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले जनस्तरबाट सञ्चालक भएका क्याम्पसले अनुसन्धान सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रि कार्यक्रम सञ्चालन गर्नाले शिक्षक तथा विद्यार्थीमा सकारात्मक परीवर्तन ल्याउने कुारमा जोड दिनुभएको थियो । साथै उहाँले यस्ता अनुसन्धानात्मक कार्यक्रमले नयाँ तथ्यहरु उजागार गर्दै जाने बताउनु भएको थियो । त्यसै गरी क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री श्रीराम सुवेदीले अनुसन्धानमुलक कार्यक्रम गर्नका लागि क्याम्पसले सदैव प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले शिक्षकको क्षमता अभिवृद्धिले क्याम्पसमा गुणस्तर बढाउने कुरामा विस्वस्त रहेको बताउनु भएको थियो ।

कार्यक्रममा पूर्व गर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, नविल बैंकका अमित श्रेष्ठ प्यानलिस्टको रुपमा रहनु भई दिगो व्यापार र व्यवस्थापनका विषयमा छलफल गर्नुभएको थियो । सो कार्यक्रममा पोखरा विश्वविद्यालयका प्रा.डा. इन्द्रप्रसाद तिवारी र सिनावत्र विश्वविद्याल, थाइल्याडका प्रतिनिधि ए.के. मभबुल ह्ये किनोट स्पिकरको रुपमा रहनु भएको थियो । सो कार्यक्रममा पोखरा–१७ का वडाअध्यक्ष राधिका शाही योगी, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका लक्ष्मण वास्तोला, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ऋतुनाथ लम्साल, क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष युवराज लामिछाने ‘युवक’, क्याम्पस प्रमुख धर्मराज बराल, आदिकवि भानुभक्त बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खले, कार्यक्रमका संयोजक मोहन भण्डारी र अनुसन्धानकर्ताको तर्फबाट नारायण भण्डारी, दिपेन्द्र पहारीले बोल्नु भएको थियो ।

कार्यक्रममा ६३ जना अनुसन्धान कर्ताले प्रस्तुत गर्नुभएको कार्यपत्र माथि प्रा.डा. विकासकुमार के.सी., प्रा.डा. हरि पाठक, प्रा. विश्वराज अधिकारी, डा. उमेश सिंह यादव, डा. सुर्यबहादुर जि.सी., डा. श्रीकान्त खतिवडा, प्रा. डा. दिपेन्द्र कार्की, डा. दिपेश रानाभाट, डा. विनोद घिमिरेले टिप्पडी तथा सुझाव राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन मनोरन्ज शर्मा, योगराज शर्मा र सारग पौडेलले गर्नुभएको थियो ।