पोखरा–२५ गते, आइतबार । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको सहकार्य, अन्नपूर्ण गाउँपालिका महिला सञ्जाल, वडा नं. १ को आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको एक हप्ते पाक शिक्षा तालिमको आइतबार क्याम्पसको सभाहलमा समापन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर के.सी.ले गाउँपालिकामा अन्य कार्यक्रम भन्दा महिला शसक्तिकरण कार्यक्रम प्रभावकारी भएको बताउनु भएको थियो । साथै उहाँले पाक शिक्षा तालिम गाउँपालिकामै पहिलो र नौलो भएको बताउनु भएको थियो । यस तालिमबाट प्राप्त भएको ज्ञानलाई आयआर्जनमा जोड्न सके अझ फलदायी हुने कुरा बताउनु भएको थियो । साथै उहाँले क्याम्पससँग गाउँपालिकामा रहेका विद्यार्थीहरुका लागि अध्ययन गर्ने वातावरण, छात्रावृत्ति तथा शिपमुलक तालिमका विषयमा सहकार्य गर्न पाउदा आफु खुसी भएको बताउनु भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले गाउँपालिकाको पहल भएको पहिलो कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको बताउनु भएको थियो । उहाँले आगामी दिनहरुमा पनि यसरीनै गाउँपालिकासँग सहकार्य गरी अन्य कार्यक्रम आयोजना गर्न क्याम्पस तत्पर रहेको बताउनु भएको थियो । गाउँपालिकासँग सहकार्य गर्ने सम्झौतालाई पूर्ण कार्यान्वयन गर्न क्याम्पस सधै तत्पर रहेको बताउनु भएको थियो ।
अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला अधिकारीले उपाध्यक्षसँग महिला शसक्तिकरण कार्यक्रम मार्फत यस तालिम प्रदान गरिएकाले कार्यक्रम फलदायी भएको बताउनु भएको थियो ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं. १ का अध्यक्ष तुलसी अधिकारी, गाउँपालिका महिला सञ्जालकी अध्यक्ष कमला के.सी., सहभागीको तर्फबाट लक्ष्मी दाहालले समेत कार्यक्रमको प्रशंसा गर्दै मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र प्रशिक्षक प्रकाश अर्याललाई सम्मान गरिएको थियो । तालिममा सहभागी महिलाहरुलाई प्रमाण–पत्र वितरण गरिएको थियो ।
कार्यक्रमका विच अन्नपूर्ण गाउँपालिका र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस विच उक्त गाउँपालिकाका विद्यार्थीलाई अध्ययन गराउने, छात्रावृत्ति प्रदान गर्ने, व्यवासायिक तथा प्राविधिक तालिमहरु सञ्चालन गर्ने सम्बन्धी सहकार्यको सम्झौता गरिएको थियो । उक्त सम्झौता पत्रमा गाउँपालिकाको तर्फबाट अध्यक्ष विष्णुबहादुर के.सी. र क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख धर्मराज बरालले हस्ताक्षर गर्नुभएको थियो ।
अन्नपूर्ण गाउँपालिका महिला सञ्जाल, वडा नं. १ की अध्यक्ष हरिकुमारी खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख धर्मराज बरालले स्वागत् मन्तव्य राख्नुभएको थियो भने इ.ओ.सि. प्रमुख दुर्गानाथ पौडेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।