Month: May 2018
Audit Report 2073/2074
स्नातक तह, चौथो वर्षको भर्ना खुलेको सूचना
यस क्याम्पसमा अध्ययन गर्ने स्नातक तह, चौथो वर्षका विद्यार्थीहरुका लागि यहि मिति २०७५ साल असार १२ गते सम्म भर्ना खुलेको व्यहोरा सूचित गरिन्छ । उक्त मिति पछि भर्ना हुन आएमा नियमानुसारको विलम्ब शुल्क लाग्ने छ ।
नोट ः स्नातक तह, चौथो वर्षको पढाइ मिति २०७५ साल जेठ २१ गते देखि सञ्चालन हुनेछ ।
प्रशासन शाखा
स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा सञ्चालन हुने २०७५ सालको वार्षिक परीक्षामा सम्मितिल हुने यस क्याम्पसमा अध्ययनरत शिक्षाशास्त्र सङ्काय र व्यवस्थापन सङ्काय प्रथम वर्षका (तीन वर्षे तथा चार वर्षे) पुरा तथा आंशिक परीक्षार्थीले मिति ः २०७५ साल आषाढ ०७ गते भित्रमा परीक्षा आवेदन फारम भरि बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ ।
अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।
छात्रवृत्ति सम्बन्धी सूचना
उपर्युक्त सम्बन्धमा यस क्याम्पसद्वारा वार्षिक रूपमा प्रदान गरिने जेहेन्दार, गरिब, दलित, जनजाति/मधेसी, महिला, भौगोलिक क्षेत्र र अपाङ्ग छात्रवृत्ति छनौटका लागि क्याम्पसमा अध्ययनरत स्नातक तहका इच्छुक छात्र/छात्रालाई यही मिति २०७५ असार ८ गतेभित्र आवश्यक रीत पु¥याई निवेदन पेश गर्न सूचित गरिन्छ ।
पुनश्च ः छात्रवृत्ति आवेदन फारम क्याम्पस प्रशासनबाट उपलब्ध गराइने छ ।
निवेदनका साथ पेश गर्नु पर्ने कागजातहरू
जेहेन्दार शीर्षकमा छात्रवृत्तिको निवेदन दिनेहरूले पेश गर्नुपर्ने कागजातहरू ः
१. +२ मा कम्तीमा प्रथम श्रेणीमा उत्तीर्ण भएको लब्धाङ्कपत्रको प्रतिलिपि (हाल प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूले मात्र )
२. आफूले अध्ययन पूरा गरेको +२ मा सर्वोत्कृष्ट अङ्क ल्याएका विद्यार्थीले उक्त विद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याएको सिफारिस पत्र । (हाल प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको हकमा मात्र)
३. त्रि.वि.द्वारा लिइएको वार्षिक परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले प्रत्येक तहको नतिजाको लब्धाङ्कपत्र र क्याम्पसले लिएको आन्तरिक परीक्षामा उत्तीर्ण गरेका (सबै तहका ) विद्यार्थीले रेजा लगाउने ।
अन्य शीर्षकको हकमा
४. अपाङ्ग शीर्षकमा आवेदन फारम भर्दा अपाङ्गताको प्रमाण पेश गर्नु पर्नेछ ।
५. अन्य शीर्षकमा कुनै क्षेत्रमा राष्ट्रियस्तरको पुरस्कार प्राप्त गरेकोलाई मानिनेछ ।
संयोजकछात्रवृत्ति छनौट उप– समिति