यस गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा अध्ययन गरी स्नातक तह, ३ वर्षे र ४ वर्षे BBS/B.Ed. दोस्रो वर्षको परीक्षा दिने परीक्षार्थीहरुको लागि वार्षिक प्रणाली अनुसार २०७७ सालमा सञ्चालन हुने नियमित तथा आंशिक परीक्षार्थीहरु र तीन वर्षे स्नातक तहको समय सिमा नाघेका मौका परीक्षा दिने विद्यार्थीहरुको हकमा २०७७ सालको वार्षिक परीक्षामा एक पटकको लागी मौका परीक्षामा सहभागी गराउने निर्णय बमोजिम नियमित, आंशिक र मौका परीक्षा दिने विद्यार्थीहरुले मिति २०७७ साल माघ ८ गतेसम्म र उक्त म्याद सकिएको एक हप्ता भित्र दोब्बर दस्तुर बुझाएर तपशिल बमोजिम परीक्षा आवेदन फारम भरी क्याम्पसमा बुझाउनुहुन अनुरोध गरिन्छ ।
तपशिल
१. परीक्षा आवेदन फारम भर्दा क्याम्पसको पोषाक लगाएको फोटो टाँस गर्नुपर्नेछ ।
२. परीक्षा आवेदन फारम बुझाउँदा क्याम्पसलाई हालसम्म बुझाउनु पर्ने शुल्कहरु बुझाएको हुनुपर्नेछ ।
३. परीक्षा आवेदन फारममा नियमित परीक्षार्थीले प्रथम वर्षको परीक्षा रोल नं. र आंशिक परीक्षार्थीले अघिल्लो वर्षको सोहि तहको परीक्षा रोल नं. अनिवार्य लेख्नुपर्नेछ ।
४. परीक्षा आवेदन फारममा त्रि.वि. रजिष्ट्रेशन नं. अनिवार्य लेख्नुपर्नेछ ।
५. तोकिएको समयभित्र परीक्षा आवेदन फारम नबुझाएमा क्याम्पस जवाफदेहि हुनेछैन ।
६. अन्य जानकारीका लागि क्याम्पस प्रशासन शाखामा सम्पर्क गर्नुहोला ।
क्याम्पस प्रशासन
GMMC, Pokhara.