छात्रवृत्ति आवेदनको समय थप सम्बन्धी सूचना

 

उपर्युक्त सम्बन्धमा यस क्याम्पसद्वारा वार्षिक रूपमा प्रदान गरिने गरिब, जेहेन्दार, दलित, जनजाति÷मधेसी, महिला, भौगोलिक क्षेत्र र अपाङ्ग छात्रवृत्ति छनौटका लागि क्याम्पसमा अध्ययनरत सम्पूर्ण छात्र÷छात्राहरूसँग आ.व. ०७४/०७५ को लागि निवेदन माग गरिसकिएको र केही विद्यार्थीहरू वार्षिक परीक्षा र विविध कारणले निवेदन दिन छुट भएकाले पुनः मिति २०७५ श्रावण १३ गते आइतबारसम्मका लागि समय थप गरिएको जानकारी गराइन्छ ।

अन्य प्रकृया अगाडि प्रकाशन गरिएको सूचना बमोजिम हुनेछ ।

………………
संयोजक
छात्रवृत्ति छनौट उप– समिति

भर्ना समय थप गरिएको सूचना

यस क्याम्पसमा अध्ययनरत स्नातक तह, चौथो वर्षका विद्यार्थीहरूको भर्ना हुने समय मिति २०७५ श्रावण ११ गते शुक्रबार सम्म थप गरिएकाले सम्बन्धित विद्यार्थीहरूको लागि सूचित गरिन्छ । अन्यथा नियमानुसार बिलम्ब शुल्क लाग्ने छ ।

क्याम्पस प्रशासन

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको अनुसन्धानात्मक कार्यशाला गोष्ठी सम्पन्न

पोखरा : गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा निहित अनुसन्धान तथा प्रकाशन समितिको आयोजनामा कास्कीको लुम्ले कृषि अनुसन्धान केन्द्रमा यहि असार २३ र २४ गते द्विदिवसीय अनुसन्धानमूलक कार्यशाला गोष्ठी सम्पन भएको छ ।

क्याम्पसमा अध्यापनरत प्राध्यापकहरुको बौद्धिक तथा प्राज्ञिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम अनुसन्धान तथा प्रकाशन समितिका संयोजक लालमणि पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. विद्यानाथ कोइराला, पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. विकास के.सी. र देवीलाल शर्माले सहजीकरण गरेको उक्त कार्यक्रमको सञ्चालन समितिका सदस्य मोहन भण्डारीले गरेका थिए । कार्यक्रम बारे बोल्दै क्याम्पस प्रमुख मनोरञ्ज शर्माले यस्ता अनुसन्धानात्मक गोष्ठीले संस्थामा कार्यरत अध्यापकहरुको प्राज्ञिक तथा अनुसन्धानात्मक कार्यकुशलता अभिवृद्धि हुने कुरा बताउनुभयो ।

दुई दिनसम्म सञ्चालित उक्त कार्यक्रममा संस्थामा कार्यरत २० जना प्राध्यापकहरुको सहभागिता रहेको थियो ।image