कविता तथा गजल वाचन प्रतियोगित सम्बन्धी सूचना

कविता तथा गजल वाचन प्रतियोगित सम्बन्धी सूचना  उपर्युक्त विषयमा श्री गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको दशौँ वार्षिकोत्सवको अवसरमा निम्न मिति, समय र स्थानमा कविता तथा गजल वाचन प्रतियोगिता आयोजना गरिएकाले उक्त कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण विद्यार्थीमा हार्दिक अनुरोध गरिन्छ ।

कार्यक्रम

मिति ः २०७४ साल पौष १७ गते

समय ः बिहान ८ बजेदेखि १० बजेसम्म

स्थान ः क्याम्पसको सभाहल

प्रतियोगिता सम्बन्धी नियमहरू

  • कविता र गजल दुवैको छुट्टाछुट्टै मूल्याङ्कन हुनेछ र सोही अनुसारको पुरस्कारको व्यवस्था गरिनेछ ।
  •  गजल गजलकै शास्त्रीय पद्धति र कविता बढीमा २०० शब्दको पद्य, लोक वा मुक्त लयमा रचना गरिएको हुनु पर्नेछ ।
  • प्रतियोगितामा एक जना प्रतियोगीले दुवै विधामा सहभागिता जनाउन पाइने छ ।
  • प्रतियोगीले यही मिति २०७४ पौष १६ गतेसम्म क्याम्पस प्रशासन वा कार्यक्रम संयोजक समक्ष आफ्नो रचनासहित नाम दर्ता गर्नुपर्नेछ ।

कार्यक्रम संयोजक

तृतीय वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा सञ्चालन हुने २०७५ सालको वार्षिक परीक्षामा सम्मितिल हुने यस क्याम्पसमा अध्ययनरत व्यवस्थापन र शिक्षाशास्त्र सङ्काय तृतीय वर्षका ४ वर्षे नियमित तथा आंशिक र ३ वर्षे आंशिक परीक्षार्थीले मिति ः २०७४ साल माघ  ९ गते सम्ममा परीक्षा आवेदन फारम भरि बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ । म्याद सकिएको ७ दिन भित्र दोब्बर दस्तुर लिई फारम बुझिने छ । उक्त मिति भित्र परीक्षा आवेदन फारम नबुझाएमा क्याम्पस जवाफदेहि हुने छैन । अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।

प्रशासन शाखा

 

 

 

                  

 

 

 

 

साधारणसभा बैठक सम्वन्धी सूचना

यस गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस संचालक समितिको मिति २०७४/०७/२४ गते बसेको बैठकको निर्णयअनुसार  यस क्याम्पसको आठौं साधारणसभा कार्यक्रम  निम्न, मिति, समय र स्थानमा हुने भएकाले साधारणसभा सदस्यज्यूहरुलाई पत्राचार गरिसकिएको छ । यदि कसैले पत्र नपाएको भएमा यसै सूचनालाई आधार मानी उक्त कार्यक्रममा उपस्थित हुनुहुन हार्दिक अनुरोध गर्दछु ।

कार्यक्रम

मिति ः  २०७४ पौष ०१ गते (शनिवार)

समय ः  बिहानको ठीक १०ः३० बजे

स्थान ः  क्याम्पसको सभाहल

 

सदस्य सचिव

क्याम्पस सञ्चालक समिति