गुप्तेश्वर भू.पु. विद्यार्थी मञ्चको सूचना

 

विषय ः प्रथम अधिवेशन कार्यक्रममा उपस्थित हुनेबारे ।

उपर्युक्त विषयमा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरा–१७ छोरेपाटनबाट स्नातक तह उर्तिण गरेका विद्यार्थीहरुको एक गुप्तेश्वर भूतपुर्व विद्यार्थीि मञ्च गठन भएको छ । सोहि सन्दर्भमा यस मञ्चको प्रथम अधिवेसन तथा साधारण सभा कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण भू.पु. विद्यार्थीहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं ।

कार्यक्रम
मिति ः २०७४ बैशाख २३ गते (शनिवार)
समय ः विहान ठीक ७ ः ३० बजे
स्थान ः क्याम्पस प्राङ्गण

आन्तरिक परीक्षा सम्वन्धि सूचना

यस क्याम्पसमा स्नातक तह, व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकाय, तृतीय वर्षमा अध्ययनरत विद्यार्थीको आन्तरिक परीक्षा यहि मिति २०७४ वैशाख १० गते देखि १४ गते सम्म विहान ६ः३० देखि ९ः३० सम्म हुने भएकाले सम्वन्धित विद्यार्थीहरुलाई सूचित गरिन्छ । परीक्षाको तालिका क्याम्पसको सूचना पाटीमा टाँस गरिएको छ ।

स्नातक तह, द्वितीय वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना

 

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा सञ्चालित हुने वार्षिक परीक्षा प्रणाली अनुसार २०७४ सालको ३/४ वर्षे र मौका परीक्षा स्नातक तह, वी.वी.एस् र वी.एड्, द्वितीय वर्षको नियमित तथा आंशिक एवम् मौका परीक्षा दिने विद्यार्थीहरुका लागि वार्षिक परीक्षा आवेदन फारम खुलेको व्यहोरा सूचित गरिन्छ । तसर्थ यस क्याम्पसमा अध्ययनरत स्नातक तह द्वितीय वर्षका नियमित तथा आंशिक एवम् मौका परीक्षा दिने विद्यार्थीहरुले मिति २०७४ ज्येष्ठ ०२ गते कार्यालय समय विहान १० बजे भित्र अनिवार्य रुपमा परीक्षा आवेदन फाराम भर्नका लागि यो सूचना प्रकाशित गरिएको छ । मिति २०७४ ज्येष्ठ ८ गते सम्म परीक्षा आवेदन फारम बुझाएमा दोव्वर दस्तुर तिरी भर्न सकिनेछ ।
अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।