त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा सञ्चालन हुने २०७४ सालको वार्षिक परीक्षामा सम्मितिल हुने यस क्याम्पसमा अध्ययनरत व्यवस्थापन संकाय चौथो वर्षका  (चार वर्षे) नियमित तथा आंशिक परीक्षार्थीले मिति ः २०७४ साल पौष  ३ गते सम्ममा परीक्षा आवेदन फारम भरि बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा फारम भर्दा ध्यान दिनुपर्ने विषयहरू

१. परीक्षा आवेदन फारम भर्दा क्याम्पस पोशाक लगाएर खिचेको पासपोर्ट साईजको फोटो दुइ प्रति,

२. म्याद सकिएको ७ दिन भित्र दोब्बर दस्तुर लिई फारम बुझिने छ । उक्त मिति भित्र परीक्षा आवेदन फारम नबुझाएमा क्याम्पस जवाफदेहि हुने छैन ।

३. परीक्षा आवेदन फारम बुझाउन भन्दा पहिला क्याम्पसमा बुझाउनु पर्ने सवै शुल्कहरू अनिवार्य    रुपमा बुझाएको हुनुपर्नेछ ।
४. परीक्षा फारममा त्रि.वि. रजिष्टे«शन नं. लेख्नु अनिवार्य छ ।

५. परीक्षा आवेदन फारम भर्दा फारमको पछाडी नियमित परीक्षार्थीले तृतीय वर्षको र आंशिक    परीक्षार्थीले चौथो वर्षको परीक्षा रोल नं. र परीक्षा दिएको साल अनिवार्य रुपमा लेख्नुपर्ने छ ।

क्याम्पस प्रशासन